रिद्धि सिद्धि सिमेन्टको छात्रवृत्ति

नेपालभ्युज

रिद्धि सिद्धि सिमेन्टको छात्रवृत्ति

काठमाडौं। रिद्धि सिद्धि सिमेन्ट लि.ले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ ।

यस छात्रवृत्तिअन्तर्गत २०७९ मा परीक्षा दिएका र २०८० सालमा नतिजा प्राप्त भई एसईईमा उत्तिर्ण भएका मकवानपुरका विद्यार्थीलाई लक्षित गरी ल्याएको हो । एसईई परीक्षामा ३.६ जीपीएदेखि ४ जीपीए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ ।

छात्रवृत्तिअन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा पाँच हजार, दोश्रो हुनेलाई तीन हजार पाँच सय, तेश्रो हुनेलाई दुई हजार पाँच सय, साथै सान्त्वनास्वरूप थप ८ विद्यार्थीलाई मासिकरूपमा एक हजार पाँच सय कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने जनाएको छ ।

        


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved