३५ लाख नक्कली नोटसहित दुईजना पक्राउ

नेपालभ्युज

३५ लाख नक्कली नोटसहित दुईजना पक्राउ
फाइल तस्वीर ।

काठमाडौं । नेपाल प्रहरीले ३५ लाख रुपैयाँको नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको नागढुंगाबाट नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुबाट पैसा छाप्न प्रयोग गरिएको मेसिन पनि बरामद भएको छ ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको गाडीबाट रकम र रकम लिन पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले बिहान भक्तपुर चाँगुनारायणबाट पनि १५ लाख रुपैयाँ नक्कली नोटसहित सात जनालाई पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved