शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकको प्रदर्शन (तस्वीरहरु)

शिक्षा विधेयकविरुद्ध अनिश्चितकालीन विद्यालय बन्दको घोषणा गरेका निजी विद्यालय सञ्चालकहरुले बिहीबार माइतीघरमा प्रदर्शन गरेका छन् ।

नेपालभ्युज

शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकको प्रदर्शन (तस्वीरहरु)

काठमाडौं । शिक्षा विधेयकविरुद्ध अनिश्चितकालीन विद्यालय बन्दको घोषणा गरेका निजी विद्यालय सञ्चालकहरुले बिहीबार माइतीघरमा प्रदर्शन गरेका छन् ।

सरकारले विधेयकमार्फत निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्दै मास्न लागेको भन्दै प्याब्सन, हिसान र नेसनल प्याब्सनले संयुक्तरुपमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी हुन देशभरबाट निजी विद्यालय सञ्चालकहरु काठमाडौं आएका छन् । उनीहरुले विधेयक संशोधन नभए आइतबारदेखि देशभरका निजी विद्यालय ठप्प पार्ने चेतनावनी दिएका छन् ।

मन्त्रिपरिषद्‍बाट पास भएको प्रस्तावित विधेयक सरकारले संसदमा पेश गर्ने तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved