बिग बोसमा जमेर लडेका महिलाहरु

नेपालभ्युज

बिग बोसमा जमेर लडेका महिलाहरु

एजेन्सी । बिग बोस एउटा टेलिभिजन रियालिटी शो हो । जहाँ कैयौं कलाकार तथा अन्य चर्चित व्यक्तिहरुले भाग लिने गर्छन् ।

फरक फरक स्थानबाट आएका तथा फरक उमेर समूह आदिका व्यक्तिहरु एउटै घरमा बस्ने गर्छन् । यस शोलाई फ्यानहरुले पनि एकदमै मन पराउने गर्छन् । यस शोमा कुनै न कुनै कारणले लडाईं झगडाहरु हुने गर्छन् ।

– बिग बोसको पहिलो सिजन, जसमा कश्मीरा शाह र राखी सावन्त पनि थिए । यस सीजनमा राखी सावन्त आफ्नै तरिकाले लडाईं झगडाका कारणले पनि चर्चामा रहेकी थिइन् ।

– बिग बोस सीजन ११ कि कन्टेस्टेन्ट रहेकी हिना खान र शिल्पा शिन्देका बीचमा पनि कैयौंपटक जमेर लडाई भएको थियो ।

– त्यस्तै बिग बोस सीजन ४ मा डोली ब्रिन्दा एकदमै चर्चामा रहिन् । उनले शो मा कैयौं महिलाहरुलाई तथा जमेर झगडा गरेर घरमा भएका सबैलाई दिक्क बनाएकी थिइन् ।

– बिग बोस ५ की हिस्सा बनेकी पूजाले शो मा एकदमै नाटक गरेकी थिइन् । उनका लडाईंबाट प्रतियोगी तथा दर्शक सबै दिक्क भइसकेका थिए ।

– त्यस्तै बिग बोस १० कि कन्टेस्टेन्ट रहेकी प्रियंका जग्गाले पनि शोमा एकदमै हंगामा मच्चाएकी थिइन । उनले घर भएका सबैसँग गलत व्यवहार गरेको देखिन्थिन् ।

– बिग बोस सीजन १६ कि कन्टेस्टेन्ट अर्चना गौतम आफ्नो चर्को आवाजका कारणले एकदमै चर्चित थिइन । उनी पनि घरमा प्रायः लडाईं तथा अनौठो व्यवहारले चर्चामा रहेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved