फिल्मको कमाईबारे ट्रोल बनेपछि तथ्याङ्क गोप्य राख्न माग गर्दै चलचित्र संघले लेख्यो बोर्डलाई पत्र

नेपालभ्युज

फिल्मको कमाईबारे ट्रोल बनेपछि तथ्याङ्क गोप्य राख्न माग गर्दै चलचित्र संघले लेख्यो बोर्डलाई पत्र

काठमाडौं। फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति फिल्म हल तथा वितरकको छाता संस्था नेपाल चलचित्र संघले आपत्ति जनाएको छ । फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति असहमति जनाउँदै संघले चलचित्र विकास बोर्डलाई पत्र लेखेको हो।

चलचित्र विकास बोर्डले यस आर्थिक वर्षदेखि फिल्मको कलेक्सन सार्वजनिक गरिरहेको छ। बोर्डले गत असार मसान्तसम्म अघिल्लो आर्थिक वर्षमा प्रदर्शनमा आएका विदेशी र स्वदेशी फिल्मको कमाइ पनि सार्वजनिक गरेको थियो।

तर त्योबारे असन्तुष्टि जनाउँदै चलचित्र संघबाट पत्र आएको बोर्ड अध्यक्ष भुवन केसीले बताए। अर्काको धनसम्पतिको विवरण सार्वजनिक गर्न मिल्दैन भनेर पत्र लेख्नुभएको अध्यक्ष केसीले बताए। बैठक बसेर पत्रको उपयुक्त जवाफ दिने उनले बताए।

साथै चलचित्र संघले बोर्डको जवाफ हेरेर कानुनी उपचारमा जाने कि नजाने भन्ने निर्क्योल हुने पनि संघका एक सदस्यले बताए।

व्यक्तिको निजी व्यापारको तथ्यांक सार्वजनिक गर्न नमिल्ने भन्दै प्रदर्शक र वितरकले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएका थिए।

चलचित्र विकास बोर्ड चाहिँ फिल्म क्षेत्र नाफा घाटाको व्यापार मात्र नभएर सांस्कृतिक तथा सिर्जनशील उद्योग पनि भएकाले कमाइ सार्वजनिक गर्न मिल्ने बताउँदै आइरहेको छ।

व्यापारको तथ्यांक सार्वजनिक भएपछि थोरै कमाइ गरेका फिल्महरूको ट्रोल बन्दै आएको थियो। केही फिल्मले पाँच सय रुपैयाँ पनि कमाएको थिएन। आफूले बनाएको फिल्मको कमाई बारे लज्जास्पद टिप्पणी आएपछि फिल्म निर्माताहरू असन्तुष्ट थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved