९ अंकले बढ्यो नेप्से, १ अर्ब ८१ करोडको कारोबार

नेपालभ्युज

९ अंकले बढ्यो नेप्से, १ अर्ब ८१ करोडको कारोबार

काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से दिनभरि उचारचढाव हुँदा अन्तिम समय नेप्से परिसूचक ९.२५ अंकले बढेर बन्द भएको छ ।

आज बैंकिङसहित होटल तथा पर्यटन, विकास बैंक र वित्त कम्पनी लगायका उपसूचकमा वृद्धि भएको छ । जसले गर्दा लघुवित्त, हाइड्रोपावर लगायतका उपसूचकमा गिरावट भएपनि नेप्सेमा वृद्धि भएको हो । लघुवित्त उपसूचक ०.२८ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.२४ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक ०.०६ प्रतिशतले गिरावट भएको छ ।

मंगलबार १ अर्ब ९१ करोडको कारोबार भएको बजारमा बुधबार नेप्सेमा ३५ हजार ८३५ वटा कारोबारमा ९३ लाख ६१ हजार ७८६ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ८१ करोड २५ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ११ करोड १९ लाखको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा ११७ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । त्यस्तै ८१ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १९ कम्पनीको स्थिर छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved