छानबिन समिति बनाउने प्रतिबद्धता नआए एमालेले संसद चल्न नदिने

नेपालभ्युज

छानबिन समिति बनाउने प्रतिबद्धता नआए एमालेले संसद चल्न नदिने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकारी प्रतिबद्धता नआए आज पनि संसद चल्न नदिने भएको छ ।

केहीबेरअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकारी प्रतिबद्धता नआए आज पनि संसद चल्न नदिने अडान दोहोर्याएको हो ।

एमालेले यसअघि पनि छानबिन समिति माग गर्दै संसद अवरुद्ध पार्दै आएको छ ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानुनी रुपमा भित्रिएको करिब एक क्वीन्टल प्रकरणमा छुट्टै छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved