विदेशी संस्कृति अंगाल्दा नेपाली संस्कृतिलाई भुल्यौँः अर्थमन्त्री महत

नेपालभ्युज

विदेशी संस्कृति अंगाल्दा नेपाली संस्कृतिलाई भुल्यौँः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आधुनिकताको नाममा विदेशी संस्कृतिलाई ग्रहण गर्दा नेपाली संस्कृतिलाई भुल्दै गएको बताएका छन् ।

बिहीवार काठमाडौंमा हलोक्रान्ति नेपालले आयोजना गरेको बहुआमिक हलोक्रान्ति एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले नेपाली संस्कृतिलाई संरक्षण गर्दै जानुपर्ने भएपनि विदेशी संस्कृतिलाई ग्रहण नेपालीहरुले गरिरहेको बताए। उनले विदेशी संस्कृति भित्रिने तर नेपाली संस्कृति छोड्दै जानु नेपालको लागि चुनौतिपूर्ण रहेको बताए।

उनले नेपालको वास्तविक संस्कृतिलाई पुनःस्थापित गर्न आवश्यक रहेको बताए ।उनले हाम्रो गलत प्रवृति,अन्धविश्वासलाई छाड्ने तर सबैलाई सहयोग गर्ने भावनालाई छोड्न नहुने बताए। उनले नेपालीहरुले आधुनिकताको नाममा पुरानो कुरा निरन्तरता दिने भन्दा पनि छोड्दै जाने प्रवृति बढेको बताए।

अर्थमन्त्री महतले नेपालीहरुले अहिले आत्मसाथ गरेको खानपान,जीवनशैलीलाई पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले वर्तमान सरकारले नेपालको पुरानो रैथाने बालीलाई संरक्षण गर्न चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको बताए।

उनले भने,‘ विदेशी संस्कृति जुन कुरा ग्रहण गर्नुहुँदैन थियो । त्यो बाहिरको कुरा राम्रो हो भनेर ग्रहण गरिरहेका छौं । नेपालका पनि कतिपय कुराहरु ग्रहण गरेका छौं । जे हामीले छोड्नु हुने थिएन । त्यो हामीले छाडि रहेका छौं  त्यसलाई हामीले पुनःस्थापित गर्नुपर्छ।’

‘मैले रैथाने बालीलाई यो वर्षको बजेटमा संरक्षण गर्ने कुरा गरेको छु । अहिले ढिँडो उत्कृष्ट देखियो । शास्त्रमा खानेकुरा सबैको गुणहरु राखिएको छ । हामीले बाहिरको सकारात्मक कुराहरुलाई ग्रहण गर्नुपर्छ’ उनले भने, ‘बाहिरकाले पूर्विय कलासंस्कृती सिक्नुपर्‍यो भनेर छोड्न लागेका छन् । हामीलाई भौतिक विकासको आवश्यकता पनि छ । तर नेपाली सभ्यताको कोर भ्यालुलाई स्थापित गर्ने गरी कायम राख्न सकियो भने मुलुक समृद्ध हुन्छ ।’

उनले नेपाली रैथानेबाली भित्र पर्ने कोदोको ढिँडो अहिले उत्कृष्ट देखिएको बताए। उनले विदेशी नकारात्मक भन्दा पनि सकारात्मक पक्षलाई मात्रै ग्रहण गर्नुपर्ने बताए । उनले पछिल्लो समय विदेशी मुलुकका मानिसहरुले पूर्वीय कला संस्कृत सिक्न थालेको बताए। उनले नेपालले नेपाली सभ्यताको कोर भ्यालुलाई स्थापित गर्ने गरी कायम राख्न सकियो भने मुलुक समृद्ध हुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved