राष्ट्रियसभामा पनि एमालेले माग्यो गृहमन्त्रीको जवाफ

नेपालभ्युज

राष्ट्रियसभामा पनि एमालेले माग्यो गृहमन्त्रीको जवाफ
फाइल फोटो

काठमाडौं । राष्ट्रियसभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ मागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको  माग गर्दै एमालेले गृहमन्त्रीको जवाफ मागेको हो ।

बिहीबारको बैठकको सुरुमै एमाले सांसद देवेन्द्र दाहालले सुन तस्करी प्रकरणमाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताएका हुन् ।

‘यो प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति बन्नुपर्छ, उच्चस्तरीय समिति गठन हुँदैन भने मुलुकमा तस्करीका घटना भइरहने र सदन चलिरहने होला र रु’, उनले भने ।

राष्ट्रियसभामा एमाले संसदीय दलका नेता दाहालले विमानस्थलको सुरक्षा र भन्सारको सुव्यवस्थाका सम्बन्धमा गृहमन्त्री र अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने होइन रु भनी प्रश्न गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved