काठमाडौं जिल्ला अदालतलाई सर्वोच्चको आदेश-प्रेम चलाउनेको मुद्दा छिटो टुंग्याउनु

नेपालभ्युज

काठमाडौं जिल्ला अदालतलाई  सर्वोच्चको आदेश-प्रेम चलाउनेको मुद्दा छिटो टुंग्याउनु
फाइल तस्वीर

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा छिटो टुंग्याउन काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश  सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।  ‘…प्रस्तुत मुद्दाको सबै अंग पुगिसकेको, मुद्दा पुरानो भइसकेको हुँदा यथाशीघ्र मुद्दाको टुंगो लगाउनू’ आदेशमा भनिएको छ ।

आइतबार जारी आदेशमा भनिएको छ, ‘काठमाडौं जिल्ला अदालतबाट मुलुकी फौजदारी कार्याविधि संहिता ।२०७४ को दफा ६७ बमोजिमको थुनछेक आदेश हुँदा धरौटी तारेखमा रहेको उल्लिखित प्रतिवादीहरुलाई उच्च अदालत पाटनले केही परिवर्तन गरी धरौट बापतको रकम वृद्धि गरी पीडित प्रेम चलाउनेलाई प्रतिवादीहरुबाट जनही रु।१,००,०००र (एक लाख रुपैयाँ) अन्तरिम (राहत) क्षतिपूर्ति स्वरुप निजको बैंक खातामा जम्मा गर्नु भन्ने समेत आदेश दिएकोमा सबै प्रतिवादीहरुले जिल्ला अदालतको तारेख टुटाई थाम्ने थमाउने अवस्था नरहेको भन्ने मिसिल संलग्न कागजबाट देखिएकोले र प्रतिवादी सयुज श्रेष्ठ र रविन कुमार लामाले पीडितको खातामा जम्मा गर्नुपर्ने अन्तरिम (राहत) क्षतिपूर्ति बापतको रकम जम्मा गरेको समेत नदेखिई अदालती प्रक्रियामा पुयाउन पर्ने सहयोग गरेको देखिएन। निजहरुका हकमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८७ बमोजिमको व्यवस्था आकर्षित हुन पर्ने नपर्ने एकिन गरी आवश्यक कारवाही गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू।’

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि तीन वर्षअघि विश्वविद्यालय हाताभित्र नेविसंघका नेताहरुले आक्रमण गरेका थिए ।

उक्त घटनामा नेविसंघ त्रिवि इकाइ समितिका तत्कालिन सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावल, दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर लगायतमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved