एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

बैठकले महाधिवेशनको मिति तोक्ने

नेपालभ्युज

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक साउन २० र २१ गते काठमाडौंमा बस्ने भएको छ ।

बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । पार्टीको पोलिटब्युरो सदस्य दिलु पन्तले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर संगठनलाई थप विस्तार गर्ने तयारी भइरहेकोे जानकारी दिए ।

यही साउन १८ र १९ गते बस्ने पोलिट्ब्युरो बैठकमा पार्टीका सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा गरिने जनाइएको छ । अगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने गरी पार्टीको संरचना विस्तारका लागि आवश्यक राजनीतिक गतिविधिसमेत सञ्चालन गर्ने योजना बैठकले तयार गर्ने छ ।

यही साउन १६ र १७ गते पार्टीको स्थायी कमिटीको बैठक बस्ने छ । यही साउन १५ गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीको प्रस्ताव तयार पार्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved