अर्जुन रामपाल बने ५० को उमेरमा चौथोपटक बुवा

नेपालभ्युज

अर्जुन रामपाल बने ५० को उमेरमा चौथोपटक बुवा

एजेन्सी । ५० वर्षीय बलिउड अभिनेता अर्जन रामपालको घरमा खुशियाली आएको छ ।

अभिनेताले केही समय पहिले सामाजिक सञ्जालमार्फत् पोस्ट सेयर गरेर यो कुराको जानकारी दिएका छन् कि उनकी गर्लफ्रेन्ड गैब्रिएला डेमेट्रिएड्सले छोराको जन्म दिएकी छन् ।

अभिनेताको उक्त पोस्टमा अभिनेत्री कंगना रनौतदेखि अन्य कैयौं कलाकारले बधाई दिएका छन् ।

अभिनेता ५० वर्षको उमेरमा चौथो पटक बुवा बनेका छन् । साथै उनले पोस्ट मार्फत् बच्चा तथा आमाको स्वास्थ्य एकदमै राम्रो भएको समेत बताएका छन् । साथै डाक्टर तथा नर्सलाई पनि धन्यावाद दिएका छन् ।

तपाईंलाई थाहा होला अहिलेसम्म अर्जुन रामपाल र गैब्रिएलाको विवाह भने भएको छैन । सन् २०१८ मा यो जोडीले एकअर्कालाई डेट गर्न शुरु गरेको थियो । दुबै लिभिंग रिलेशनमा बस्छन् ।

सन् २०१९मा यो जोडीले एउटा छोरोको जन्म दिएका थिए । जसको नाम एरिक रामपाल राखिएको थियो । अब जोडीको फेरि अर्को छोरो जन्मिएको छ । र उनीहरु एकदमै खुशी छन् ।

उनीहरुले अहिलेसम्म बच्चाको तस्वीर भने सेयर गरेका छैनन् । अर्जुन रामपालको पहिलो विवाहको कुरा गर्ने हो भने उनको पहिलो विवाह सुपर मोडेल मेहर जेसियासँग भएको थियो ।

पहिलो विवाहबाट अर्जुन रामपालका दुई वटी छोरी छन् । अर्जुन र मेहरले विवाहको २१ वर्षपछि सन् २०१९ मा डिभोर्स गरेका थिए । अहिले उनीहरु आ–आफ्नो जीवनमा खुशी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved