धोकाधडीको शिकार भए अभिनेता विवेक ओबराय !

नेपालभ्युज

धोकाधडीको शिकार भए अभिनेता विवेक ओबराय !

एजेन्सी । बलिउड अभिनेता विवेश ओबरायलाई लिएर ठूलो समाचार बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार अभिनेतामाथि डेढ करोड रुपैयाँको धोखाधडी भएको छ । यो घटनालाई लिएर उनले आफ्ना तीन ब्यापारिक  पार्टनरविरुद्ध ठगीको मुद्दा दर्ता गराएका छन् ।

विवेकले आफूले गरेको रिपोर्टमा फिर्ता दिने विश्वास दिलाएर एउटा इभेन्ट तथा फिल्म निर्माण फर्ममा पैसा लगाएको बताएका छन् । तर, रकम फिर्ता नपाएको उनको दाबी छ । अहिले पुलिसले यस विषयमा जाँच गरिरहेको छ ।

मिडिया रिपोर्टका अनुसार अभिनेता विवेकले अधेरीको एमआईडीसी पुलिस स्टेशनमा आफ्ना तीन बिजनेस पार्टनर विरुद्ध मुद्दा दर्ता गराएका हुन् । विवेकले फिल्मका लागि १.५५ करोड रुपैयाँ लगानी गरेको तर, आरोपीतहरुले उक्त रकम आफ्नो व्यक्तिगत फाइदामा प्रयोग गरेको उल्लेख गरेका छन् ।

सन् २०२१ मा विवेकले ‘गणशे’ फिल्मका लागि कम्पनीमा रकम लगानी गरेका थिए । सन् २०२२ मा मात्र उनलाई थाहा भयो कि उक्त रकम पार्टनर संजय शाह, नंदिता शाह र राधिकाले आफ्नो व्यक्तिगत कामका लागि प्रयोग गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved