तारक मेहताका उल्टा चश्मामा फर्किँदै दया बेन

नेपालभ्युज

तारक मेहताका उल्टा चश्मामा फर्किँदै दया बेन

एजेन्सी । भारतीय टेलिफिल्म ‘तारक मेहताका उल्टा चश्मा’ नेपालका बालबालिकाबीच पनि एकदमै चर्चित शो मानिन्छ । यसले धेरैको मन जित्न सफल भएको छ । जसमा सबै कलाकार एक भन्दा एक छन् । कोहीभन्दा कोही कम छैन ।

खासगरी महिलामा प्रमुख भूमिका निर्वाह गर्ने दया बेन यानिकी दिशा वकानी विगत केही वर्षदेखि “तारक मेहता का उल्टा चश्मा” बाट हराएकी छन् । बीचमा उनी फर्कने समाचार पनि नआएका होइनन् तर ती सबै अफवाह सावित भए । अहिले फेरि उनी फर्कदैछन् भन्ने चर्चा चलिरहेको छ ।

सीरियलको हालसालैको एपिसोडमा दया बेन फर्कने कुरा गरिएको छ । त्यसपछि दर्शक एकदमै खुशी छन् । हालै प्रसारण गरिएको एउटा भागमा दया बेनका भाईको भूमिका निर्वाह गरिरहेका सुन्दरले जेठालालसँग कसम खाइरहेका छन् कि यस वर्ष दिपावलीमा दया बेन उनीसँग मुम्बई फर्किन्छिन् । साथमा उनले गोकुलधामको दियो पनि दया बेनले नै जलाउने बताएका थिए ।

यस्तो खबरले दया बेन अब फिर्ता आउने सम्भावना बढेको छ । तर, यो जान्न बाँकी छ अझै पनि उनै पुरानी दया बेन आउँछिन् वा अन्य कुनै कलाकारले दया बेनको भूमिका निर्वाह गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved