यी हुन् कम लगानीमा बनेका बलिउड फिल्म, जो सुपरहिट भए

नेपालभ्युज

यी हुन् कम लगानीमा बनेका बलिउड फिल्म, जो सुपरहिट भए

एजेन्सी । यदि, कथालाई राम्रो तरिकाले पर्दामा उतार्न सक्यो भने दर्शकले त्यस्तो फिल्म अवश्य मनपराउँछन् । यो जरुरी हुँदैन कि फिल्म बनाउनका लागि करोडौं रुपैयाँ खर्च गर्नुपर्छ । बरु यो जरुरी छ, आफ्नो कथाबाट दर्शकसामु कति प्रभावित पार्न सकिन्छ । आज हामी बलिउडका केही यस्ता फिल्म जो एकदमै थोरै बजेटमा निर्माण भए तर धेरै कमाइ गर्नुका साथै सुपरहिट हुन सफल भएका फिल्महरूका बारेमा बताउनेछौं ।

द केरल स्टोरी

रिलिज भएसँगै फिल्म एकदमै विवादमा रह्यो । फिल्ममार्फत् युवतीहरूलाई फसाउने र उनको धर्म परिवर्तन गर्ने तथा आतंकको दुनियाँ धकेल्ने सफरलाई देखाइएको छ । यस फिल्ममा अभिनेत्री अदा शर्मा र अन्य कलाकारहरूको अभिनय एकदमै मनपराइएको थियो । फिल्मले आशाभन्दा धेरै नै ठूलो रकम कमाएको थियो । १५ देखि २० करोडमा बनेको फिल्मले ३०० करोडभन्दा धेरै कमाइ गर्‍यो ।

कहानी

कहानी फिल्ममा अभिनेत्री विद्या बालन मुख्य भूमिकामा देखिएकी थिइन् । सन् २०१२ मा रिलिज भएको यस फिल्मको बजेट जम्मा ८ करोड मात्र थियो । तर,  प्रदर्शनपछि यस फिल्मलाई एकदमै मनपराइएको थियो र यसले करिब १०४ करोड रुपैयाँको व्यापार गरेको थियो ।

नो वन किल्ड जेसिका

सन् २०११ मा रिलिज भएको फिल्म एउटा वास्तविक घटनामा आधारित फिल्म हो । फिल्ममा रानी मुखर्जी र विद्या बालन मुख्य भूमिकामा देखिएका थिए । यस फिल्ममा सत्य घटनालाई जसरी प्रभावशाली ढंगले दर्शाइएको छ त्यसले पनि सबैलाई प्रभावित गरेको थियो । यो फिल्म जम्मा ९ करोडमा बनेको थियो भने यसले १०० करोडभन्दा धेरैको व्यापार गरेको थियो ।

सिक्रेट सुपरस्टार

जायरा वसीम अहिले त फिल्मको दुनियाँमा छैनन् । तर, उनले छोटो फिल्म करिअरमा पनि एकदमै ठूलो छाप छोड्न सफल भइन् । उनले आमिर खानसँग अभिनित फिल्म सिक्रेट सुपरस्टार सन् २००७ को सबैभन्दा सफल फिल्ममध्ये एक मानिन्छ । यस फिल्म पनि जम्मा १५ करोडमा निर्माण गरिएको थियो । तर, रिलिज भएपछि यस फिल्मले विश्वभर ८५८ करोडको व्यापार गरेको थियो । फिल्मको कमाइ गरी सबैलाई हैरान पारेको थियो ।

ए वेडनस डे

सन् २००८ मा रिलिज भएको फिल्म ए वेडनेस डेमा आतंकवादी हमलाबाट आहात भएको सामान्य नागरिकको पीडालाई सटिक ढंगले पर्दामा देखाइएको छ । फिल्ममा अनुपम खेर र नसिरुद्दीन शाह दुवैले एकदमै राम्रो अभिनय गरेका छन् । जसलाई दर्शकले एकदमै मनपराएका थिए । फिल्म जम्मा पाँच करोडमा बनेको थियो भने यसले लगभग ३० करोडको कमाइ गरेको थियो । अहिले पनि उक्त फिल्म मानिसले टेलिभिजनमा आउँदा हेर्न मन पराउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved