राज कुन्द्राको प्रोनोग्राफी मुद्दाबारे फिल्म बन्दै, प्रमुख भूमिकामा आफैँ देखिने

नेपालभ्युज

राज कुन्द्राको प्रोनोग्राफी मुद्दाबारे फिल्म बन्दै, प्रमुख भूमिकामा आफैँ देखिने

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा सन् २०२१ मा पोर्नोग्राफी मुद्दामा जेल गएका थिए । राज कुन्द्राको यस केसलाई लिएर एकदमै चर्चा भएको थियो ।

अहिले खबर आएको छ अब उक्त घटनामा आधारित रहेर फिल्म बन्दैछ । साथमा अचम्मित पार्ने कुरा के छ भने, यस फिल्ममा राज कुन्द्रा स्वयम् मुख्य भूमिकामा देखिनेछन् । यदि यस्तो हुन्छ भने उनको अभिनयमा पहिलो कदम पनि हुनेछ ।

सन् २०२१ को जुलाई १९ मा राज कुन्द्रालाई पोर्नेग्राफी गेसमा गिरफ्तार गरिएको थियो । अहिले यो मुद्दा लागेको दुई वर्ष पूरा हुनेबेला यस्तो खबर अगाडि आएको छ । ‘पिंकविला’ को रिपोर्टअनुसार राज कुन्द्राको जेल यात्रामा आधारित रहेर फिल्म बन्दैछ ।

यो फिल्ममा आर्थर रोड जेलमा राज कुन्द्राले काटेको सजायका दौरान भोगेको अनुभवलाई देखाइने बताइएको छ । त्यस्तै फिल्मको स्क्रिप्ट तथा निर्माणमा पनि उनले योगदान दिनेछन् । तर फिल्मको नाम र निर्देशकलाई लिएर भने कुनै पनि जानकारी आएको छैन । खबरअनुसार फिल्मको शुटिंग छिट्टै सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved