करोडौं कर तिर्छन् बलिउडका यी अभिनेत्री

नेपालभ्युज

करोडौं कर तिर्छन् बलिउडका यी अभिनेत्री

एजेन्सी । बलिउडमा धेरै अभिनेत्रीले फिल्म तथा विज्ञापनबाट मोटो रकम कमाउँछन् । यही कारणले उनीहरुले कर पनि करोडौंमा बुझाउने गर्छन् ।

अभिनेत्री दीपिका पादुकोणले १० करोड भारतीय रुपैयाँ वर्षेनी कर भर्ने गर्छिन् । उनी भारतकी महंगी अभिनेत्रीको लिस्टमा पर्छिन् ।

त्यस्तै रिपोर्टहरुका अनुसार आलिया भट्टले पनि करोडौं कर तिर्ने गरेको खबर आएको छ । उनले वर्षेनी ५ करोड भारतीय रुपैयाँ कर तिर्ने गरेको समाचारमा उल्लेख छ ।

कैटरिना कैफ पनि धेरै कर बुझाउने अभिनेत्रीभित्र पर्छिन् । उनले पनि वर्षेनी ५ करोड रुपैयाँ कर बुझाउने गरेकी छन् ।

त्यस्तै मोटो रकम कर तिर्ने अन्य अभिनेत्रीमा अनुष्का शर्मा, कियारा आडवानी, करीना कपूर लगायत पर्छन् । उनीहरुले पनि करोडौं रुपैयाँ कर तिर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved