पक्राउको डरले ब्रिक्स बैठकमा पुटिन सहभागि नहुने

नेपालभ्युज

पक्राउको डरले ब्रिक्स बैठकमा पुटिन सहभागि नहुने

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अगस्टमा जोहानेसबर्गमा हुने ब्रिक्स बैठकमा भौतिक रुपमा सहभागि नहुने भएका छन् ।

उनले अनलाइनमार्फत भाग लिनेछन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले लामो समयदेखि चलिरहेको अनुमानको अन्त्य गर्दै यसको पुष्टि गरेका छन्।

पुटिन अन्तर्राष्ट्रिय फौजदारी अदालतमा युद्ध अपराधको मुद्धामा दोषि ठहर छन् र दक्षिण अफ्रिका यस अदालतमा हस्ताक्षर गर्ने देशहरूमध्ये एक हो।त्यसैले पुटिन त्यहाँ गए भने दक्षिण अफ्रिकाले उनलाई गिरफ्तार गर्नुपर्नेछ।

ब्रिक्स सम्मेलनमा पुटिन नजाने भए पनि रुसी विदेशमन्त्री सर्गेई लाभरोभ भने सहभागी हुनेछन् । राष्ट्रपति रामाफोसाले कुनै कारवाही नगरी पुटिनलाई सम्मेलनमा सहभागी हुन अदालतसँग अनुमति मागेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved