ऐश्वर्याले अस्वीकार गरेकी थिइन् यी हलिउड तथा बलिउड फिल्म

नेपालभ्युज

ऐश्वर्याले अस्वीकार गरेकी थिइन् यी हलिउड तथा बलिउड फिल्म

एजेन्सी। अभिनेत्री ऐश्वर्या राय ‘बच्चन’ ले बलिउडका कयौं हिट फिल्म दिएकी छन् । उनको सुन्दरता र अभिनय तथा नृत्यको धेरैले प्रशंसासमेत गर्छन् ।

तर, कुनै समय यस्तो पनि थियो जहाँ ऐश्वर्यालाई ब्लकबस्टर फिल्मको अफर भएको थियो जसमा उनले काम गर्न अस्वीकार गरेकी थिइन् । आउनुहोस् जानौं ती फिल्म बारे :

राजा हिन्दुस्तानी

यस फिल्ममा निर्माताले आमिरसँग ऐश्वर्याको जोडी बनाउन चाहन्थे । तर, उनले फिल्म गर्न अस्वीकार गरेकी थिइन्।

मुन्ना भाइ एमबीबीएस

यो फिल्मका लागि पनि निर्माताले सञ्जय दत्तसँग ऐश्वर्यालाई कास्ट गर्न चाहन्थे । तर, अभिनेत्रीले उनीसँग काम गर्न अस्वीकार गरेकी थिइन् । यो फिल्म सुपरहिट सावित भएको थियो ।

कहो ना प्यार है

‘कहो ना प्यार है’ फिल्ममा अमिषाभन्दा अगाडि ऐश्वर्यालाई अफर गरिएको थियो, तर अभिनेत्रीले यस फिल्ममा काम गर्न अस्वीकार गरेकी थिइन् ।

कभी खुसी कभी गम

बलिउडको ब्लकबस्टर फिल्म ‘कभी खुसी कभी गम’का लागि पनि पहिलो रोजाइ ऐश्वर्या राय थिइन्, तर दोस्रो प्रोजेक्टका कारण उनले फिल्ममा काम गर्न अस्वीकार गरेकी थिइन् ।

भूल भुलैया

यस फिल्मका लागि विद्या बालनभन्दा पहिला ऐश्वर्यालाई यो रोल गर्नका लागि आग्रह गरिएको थियो । तर, उनले यस फिल्ममा काम गर्न अस्वीकार गरिन् ।

ट्राय

हलिउड फिल्म ‘ट्राय’को अफर पहिला ऐश्वर्या रायलाई आएको थियो । तर, फिल्ममा इन्टिमेट सीनका कारणले उनले फिल्ममा काम गर्न अस्वीकार गरेकी थिइन् ।

कुछ कुछ होता है

यस फिल्मका लागि पनि निर्माताले पहिला ऐश्वर्यालाई अफर गरेका थिए । तर, अभिनेत्रीले फिल्म गर्न अस्वीकार गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved