कांग्रेस बैठकमा खतिवडाको प्रश्न : खाण पक्राउ पर्दा आफ्नै नेताले किन गृहमन्त्रीलाई धन्यवाद दिए ?

नेपालभ्युज

कांग्रेस बैठकमा खतिवडाको प्रश्न : खाण पक्राउ पर्दा आफ्नै नेताले किन गृहमन्त्रीलाई धन्यवाद दिए ?

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएकोप्रति आलोचना भएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले उक्त कुराको आलोचना गरेकी हुन् । बैठकमा बोल्दै उनले भनिन्, ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीलाई  धन्यवाद दिन किन जानुभयो ? थाहा छैन । के कारणले पुग्नुभयो ?’

त्यस्तै अभियोग लागेको अर्को पार्टीको नेताका बारेमा भने उनीहरू नबोलेको खतिवडाले दाबी गरिन् । बैठकमा आक्रोश पोख्दै उनले भनिन्,  ‘तातो पानीले भरिएको डेक्चीको पानी खनिँदा सबैलाई पोल्छ, त्यो पनि विचार पुर्‍याउनुहोला ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved