बलिउडका यी कलाकारसँग छ दुई देशको नागरिकता

नेपालभ्युज

बलिउडका यी कलाकारसँग छ दुई देशको नागरिकता

एजेन्सी । कुनै देशको नागरिक हुनु आवस्यक नै हुन्छ । तर, कतिपयले दुई देशको नागरिकता पनि लिने गरेका छन् । बलिउडका कयौं त्यस्ता कलाकार छन् जो सँग दुई देशको नागरिकता छ ।

जानौं, कोकोसँग छ दुई देशको नागरिकता –

  • कैटरिना कैफ अहिले बलिउडमा आफ्नो करिअरको उचाईंमा पुगेकी नायीका हुन् । उनीसँग भारतसँगै ब्रिटिश नागरिकता पनि छ ।
  • त्यस्तै अर्की अभिनेत्री ज्याकलिन फर्नाडिस सन् २००९ देखि बलिउडमा सक्रिय छन् । बलिउडका कयौं हिट फिल्ममा काम गरिसकेकी ज्याकलिन श्रीलंकामा जन्मिएकी तथा त्यहाँकी नागरिक हुन् ।
  • त्यसो त यस नाममा अक्षय कुमारलाई कसरी बिर्सन सकिन्छ । क्यानाडाको नागरिकता भएका कारणले उनी बेला बेलामा ट्रोल समेत हुने गरेका छन् ।
  • त्यस्तै बलिउडकी टप अभिनेत्रीमध्ये एक आलिया भट्ट पनि यही लिस्टमा पर्छिन् । उनीसँग पनि ब्रिटेनको नागरिकता छ । किनकी उनकी आमा सोनी राजदान बेलायतकी नागरिक हुन् ।
  • त्यस्तै सनी लियोनीको असली नाम करनजीन कौर हो । उनी क्यानडाकी नागरिक हुन् । त्यस्तै उनीसँग क्यानाडा तथा अमेरिकाको समेत नागरिकता छ ।
  • नरगिस फाखरी पनि भारतीय होइनन् । तर, उनले बलिउडमा धेरै नै काम गरिसकेकी छन् । उनी अमेरिकाको न्यूयोर्कमा जन्मिएकी हुन् । उनीसँग भारत र अमेरिकाको नागरिकता छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved