‘कमेडी क्लब विथ च्याम्पियन’ अब नआउने, तत्कालको लागि मात्र विश्राम लिएको प्रस्तुतकर्ताको दाबी

नेपालभ्युज

‘कमेडी क्लब विथ च्याम्पियन’ अब नआउने, तत्कालको लागि मात्र विश्राम लिएको प्रस्तुतकर्ताको दाबी

काठमाडौं। १६ महिनादेखि नेपाल टेलिभिजनमा आइरहेको कमेडी कार्यक्रम अब प्रसारणमा नआउने भएको छ। दर्शकलाई हँसाउँदै आएको टेलिभिजन कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन’ को प्रसारण हाललाई स्थगित गरिएको निर्माण पक्षले बताएको छ।

यो कार्यक्रम टेलिभिजन कार्यक्रममा पछिल्लो समय हिट कार्यक्रममा मानिन्छ। रियालिटी शोमा प्रतिस्पर्धा गरेका प्रतिभाशाली कमेडीयनहरूलाई लिएर विशाल भण्डारीले शो सञ्चालन गर्दै आएका थिए।

कार्यक्रमका निर्माता विशाल भण्डारीले भने छोटो समयको लागि मात्र विश्राम लिन लागेको बताएका छन्।

कार्यक्रम ६९ औँ एपिसोड प्रसारण भएको छ। यसबीचमा यही टीमले कमेडी च्याम्पियनको सिजन ३ लिएर आउने पनि भण्डारीले बताएका छन्। उनले भनेका छन् ‘माया र साथ कायम रहोस्, हाँस्ने र हँसाउने क्रम जारी रहने छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved