पानी परिरहेको बेला पापाराजीलाई झोला बाँड्दै उर्फी जावेद

नेपालभ्युज

पानी परिरहेको बेला पापाराजीलाई झोला बाँड्दै उर्फी जावेद

एजेन्सी । उर्फी जावेद आफ्ना रंगविरंगी तथा अनौठा खालका पहिरन तथा फेसन गरेर चर्चामा आइरहन्छिन् । उनका कपडा देखेर तस्वीर लिन आतुर पापाराजीका होस् उड्ने गर्छन् ।

आफ्नो तस्वीर लिएको र आफूप्रति राम्रो व्यवहार भएको देखेर उनले बेला बेलामा पापाराजीलाई सामान पनि बाँडिरहेकी हुन्छिन् ।

हालै मुम्बईको अंधेरीमा रहँदाको उर्फीको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जुन भिडियोमा उर्फीले तोरीको रंग जस्तो पहेँलो कलरको स्वेट शर्ट लगाएर पापाराजीलाई झोला बाँडिरहेको देखिन्छिन् ।

उनको यस्तो दयालु मुटु देखेर फ्यान तथा पापाराजी मख्ख परेका छन् । त्यस्तो त उनले बेला बेलामा यस्ता उपहार बाँडिरहेकी हुन्छिन् । उनी जसरी आफ्नो कुरा निस्फीक्रीसँग राख्ने गर्छिन् र कसैको वास्ता गर्दिनन् त्यति नै दयालु पनि छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved