अक्षय कुमारको फिल्म ‘ओएमजी २’सँग जोडिएका विवाद

नेपालभ्युज

अक्षय कुमारको फिल्म ‘ओएमजी २’सँग जोडिएका विवाद

एजेन्सी । सन् २०१२ मा आएको फिल्म ‘ओ माइ गड’ त तपाईंलाई सम्झना होला । त्यही फिल्म जसका लागि परेश रावल कयौं नेतासँग भड्किएका थिए र थुप्रै विवाद भएका थिए । परेश रावल र अक्षय कुमारको यस फिल्मलाई त्यतिबेला एन्टीहिन्दु भएको पनि कतिपयले आरोप लगाए । तर, पनि पछि गएर फिल्मको समर्थन भएको थियो ।

सन् २०१२ मा रिलीज भएको ओमाइगडमा धार्मिक नेता भ्रष्टाचारी भएको देखाइएको थियो । उनीहरुको ढोंग पनि देखाइएको थियो ।

अहिले फेरि ‘ओएमजी २’ को टीजर आएको छ । यो फिल्म पनि सुरुआतदेखि नै विवादमा परेको छ । टीजरका अनुसार अक्षय कुमार भगवान शिवको भूमिकामा छन् । पछिल्लो फिल्ममा उनले कृष्ण वासुदेव यादव उर्फ भगवान कृष्णको भूमिका निर्वाह गरेका थिए ।

ओएमजी २ को टीजरमा भोलेनाथको भक्त पंकज त्रिपाठीलाई देखाइएको छ । उनका समस्या हटाउन भोलेनाथ नै प्रकट हुन्छन् । टीजरको एउटा सीनमा भोलेनाथ बनेका अक्षय कुमारको जलाभिषेक देखाइएको छ । यो अभिषेक रेलवे स्टेशनमा छ । यसलाई लिएर कतिपयले अक्षय कुमार र फिल्मको टिमलाई ट्रोल गरिरहेका छन् ।

जलाभिषेक गरिएको पानी फोहोर भएको र त्यसले हिन्दुहरुको भावनामाथि खेलवाड गरेको हिन्दु संघ संगठनको आरोप छ । कट्टर हिन्दुवादीहरुले यही विषयलाई लिएर अक्षय कुमारलाई क्यानाडेली पासपोर्ट भएको व्यक्ति समेत भनेका छन् ।

त्यसैले ओ माइ गड २ लाई लिएर सेन्सर बोर्डले पनि अलि कडाई देखाएको छ । खबरअनुसार यो फिल्मलाई पुनः सम्पादन गर्न पठाइसकिएको छ । समस्या के भएको छ भने धर्मसँग जोडिएको जति पनि फिल्म छन् सधैं कुनै न कुनै रुपमा विवादमा आएकै छन् । अब यस फिल्मको समस्या कसरी समाधान हुन्छ हेर्न बाँकी नै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved