केर्च पुलमा भएको आक्रमणको कडा जवाफ दिने पुटिनको चेतावनी

सन् २०२४ मा क्रिमिया कब्जा गरेपछि रुसले क्रेच पुल बनाएको थियो । गाडी र रेल गुड्न सक्ने यो पूल निकै भव्य र आकर्षक छ । रुसले यसलाई शताब्दीकै उत्कृष्ट संरचना भनेको छ ।

नेपालभ्युज

केर्च पुलमा भएको आक्रमणको कडा जवाफ दिने पुटिनको चेतावनी

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमियालाई रुससँग जोड्ने पुलमा आतंकवादी आक्रमण गरेको बदला लिने वाचा गरेका छन्।

मस्कोले घटनाको लागि युक्रेनलाई दोषी ठहराएको छ  । रुसबाट क्रिमिया जोड्ने पुलमा भएको सोमबार भएको ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको थियो  । तर युक्रेनले पनि आक्रमणको लागि आफू जिम्मेवार भएको बताएको छैन।

सन् २०२४ मा क्रिमिया कब्जा गरेपछि रुसले क्रेच पुल बनाएको थियो । गाडी र रेल गुड्न सक्ने यो पूल निकै भव्य र आकर्षक छ । रुसले यसलाई शताब्दीकै उत्कृष्ट संरचना भनेको छ ।

पुलमा हमलाले ढुवानी गर्ने बाटोमा क्षति पुर्याएको छ तर यसको समानान्तर चल्ने रेलमार्गमा भने क्षति पुगेको छैन । यो पुल दक्षिणी युक्रेनका केही भागहरू कब्जा गर्ने रुसी सेनाका लागि पुन: आपूर्तिको महत्वपूर्ण मार्ग हो।

यस पुलमाथिको आक्रमणले ठूलो अर्थ राख्ने र रुसले आफूमाथिको भयंकर आक्रमण ठान्छ । त्यसैले सोमबार भएको आक्रमणको कडा जवाफ दिने पुटिनले चेतावनी दिएका छन् ।

सोमबार पानीमुनि चल्ने विशेष प्रकारका ड्रोनले पुलमा आक्रमण भएको रुसले जनाएको छ । सोमबार साँझ टेलिभिजन टिप्पणीहरूमा रूसी राष्ट्रपतिले युक्रेनलाई मूर्खतापूर्ण र क्रूरा आक्रमण सुरु गरेको आरोप लगाए।

आक्रमणले क्षति पुगेको पुलमा एक लेनमा कार चलाउन अनुमति दिइएको रुसका अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved