बिग बोसमा अभिषेक र एलविशलाई भिडाउने योजना

नेपालभ्युज

बिग बोसमा अभिषेक र एलविशलाई भिडाउने योजना

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको रियालिटी शो बिग बोस ओटीटी २ मा एलविश यादव र अभिषेक मल्हानले धमाका मच्चाइरहेका छन् । अभिषेकलाई शोमा पहिलो दिनदेखि नै मन पराइएको छ ।

एलविश यादवले पनि वाइल्ड कार्ड कन्टेस्टेन्टका रुपमा प्रवेश गरेर घरको सिस्टम नै परिवर्तन गरेका छन् । घरमा दुवैको ब्रो बोन्ड देख्न पाइन्छ । यती मात्र नभएर एलविशले यो पनि भनिसकेका छन् कि ‘टप दुई’ मा हामी दुई नै छौं । तर मेकर्सले एलविश र अभिषेक मल्हानका लागि केही योजना बनाइरहेका छन्, जसले गर्दा दुवैको प्रेमपूर्ण सम्बन्ध बिग्रन सक्छ ।

बिग बोस ओटीटी २ मा जब एलविश यादवले एन्ट्री लिएका थिए, त्यतिबेला गेमका लागि अभिषेक र एलविश लड्न सक्छन् भन्ने अड्कलबाजी गरिएको थियो । दुवैबीच एकदमै टक्करपूर्ण प्रतिस्पर्धा देख्न पाइन्छ भन्ने आशा गरिएको थियो । तर यस्तो केही भएन । अभिषेक र एलविश मिलेर खेलिरहेका छन् ।

यही कारणले अब मेकर्सले आउने हप्तामा केही यस्ता टास्क दिन सक्छन्, जसले दुवैको बीचमा गेम सुरु होस् ।  धेरैले अड्कल गरिरहेका छन् कि आउने दिनमा मेकर्सले केही न केही अप्ठेरो चाल चल्नेछन् ।

बिग बोस ओटीटी २ मा प्रवेश गरेपछि एलविशले सबैभन्दा पहिला अभिषेक मल्हानसँग कुराकानी गरेका थिए । उनले घरमा अभिषेकसँग नै धेरै समय बिताउने गर्छन् । त्यसबाहेक थोरै गेमका कुरा पनि अभिषेकसँग गर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved