तमन्नाको प्रेममा दिवाना भए विजय

नेपालभ्युज

तमन्नाको प्रेममा दिवाना भए विजय

एजेन्सी । लामो समयको रहस्यमय सम्बन्धपछि बलिउड अभिनेत्री तमन्ना भाटियाले विजय वर्मालाई डेट गरेको खबर हालै एक अन्तरवार्तामा स्वीकार गरेकी छन् ।

दुबै जना वेव सीरीज ‘लस्ट स्टोरीज २’ मा देखिएका थिए । उनीहरुको ‘लिपलक’ भिडियो एकदमै चर्चामा आएको थियो ।

अब विजय वर्माले तमन्नासँग सम्बन्धमा भएको कुरा खुलेर गरेका छन् । खासगरी केही भारतीय मिडियाले तमन्ना र विजयले डेटिंग गरिरहेको खबर प्रचारबाजी हो समेत भनेका थिए ।

विजयले जिक्यू इन्डियालाई दिएको एक अन्तरवार्तामा अब त सबैलाई थाहा भैसकेको छ कि हामी दुई जना डेट गरिरहेका छौं भनेका थिए ।

उनले भने, “म एकदमै खुशी छु र ह्याप्पी स्पेसमा छु । तमन्नालाई मैलै एकदमै धेरै माया गर्छु । मलाई लाग्छ कि मेरो जीवनको नराम्रो फेज सकिएर रोमान्टिक फेज चलिरहेको छ ।”

विजयले भन्दा अघि नै तमन्नाले यो सम्बन्धमा विजय उनको ह्याप्पी स्पेस हुन् र जीवनको यस फेजमा रमाइरहेको बताएकी थिइन् । तमन्नाले विजयबाट आफू प्रभावित भएको बताएकी छन् ।

साथै एकदमै प्राकृतिक रुपमै सम्बन्ध जोडिएको बताइन् । उनले विजयका बारेमा भनिन्, “उनी मसँग जब साथी बन्न आए, सबै बिर्सिएर आए । जो मलाई उनको सबैभन्दा राम्रो विषय लाग्यो ।” तमन्नाले लिपकिस नदिने नीतिलाई पनि वेब सीरिज ‘लस्ट स्टोरीज २’ मार्फत् तोडेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved