१२.६२ अंकले घट्यो नेप्से, ३ अर्ब ३९ करोडको कारोबार

नेपालभ्युज

१२.६२ अंकले घट्यो नेप्से, ३ अर्ब ३९ करोडको कारोबार

काठमाडौं। बिहीबार सेयर बजार परिसूचक नेप्से १२.६२ अंकले अंकले घट्दै २०८०.९२ विन्दुमा रोकिएको छ । साताको अन्तिम कारोबार दिन आज सबैभन्दा धेरै फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । फाइनान्स सब–इण्डेक्स २ प्रतिशतले घटेको छ ।

बिहीबार २९६ धितोपत्रको ५७ हजार ६४५ कारोबारबाट ९३ लाख ८२ हजार ४४० कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँ पुगेको छ ।

आज ५४ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज जलविद्युत, विकास बैंक, व्यापारसहितका सब-इण्डेक्सहरू धेरैले घटेको छ । होटेल तथा पर्यटन, बैंक तथा म्यूचअल फण्डको सब-इण्डेक्स भने बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved