जीवन आचार्य पुन: मन्त्री बन्ने

नेपालभ्युज

जीवन आचार्य पुन: मन्त्री बन्ने

विराटनगर । कोशी प्रदेशमा पुन: जीवन आचार्य मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँसमेत रहेका आचार्य मन्त्री बन्ने पक्का भएको संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।

यसअघि शुक्रबार पनि आचार्य नै मन्त्री बन्ने बताइएको थियो । तर, कोशी प्रदेश समितिले पहिले मन्त्री बनिसकेकालाई पुन: नबनाउने भनेपछि उनको शपथ रोकिएको थियो । तर, उनी मन्त्री बन्ने पक्का भएको छ । “उहाँलाई पठाउने पक्का भएको छ,” एक सांसदले भने, “अरु मन्त्रीका नाम साँझसम्म टुङ्गिन्छ ।”

मुख्यमन्त्री उद्धव थापाले कांग्रेसका प्रदीप सुनुवार र एकीकृत समाजवादीका कमलप्रसाद जवेगुले बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिइसकेका छन् । माओवादी केन्द्र भने अहिलेसम्म सरकारबाहिरै छ । आन्तरिकरूपमा सहमति नभएपछि ऊ सरकारबाहिरै रहेको हो ।

कोशी प्रदेश : किन सरकारबाहिरै रह्यो माओवादी केन्द्र ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved