कोशी प्रदेश : किन सरकारबाहिरै रह्यो माओवादी केन्द्र ?

रोकियो जीवन आचार्यको शपथ

नेपालभ्युज

कोशी प्रदेश : किन सरकारबाहिरै रह्यो माओवादी केन्द्र ?

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापासहित २ जनाले शुक्रबार मात्रै शपथ लिए । शपथ लिनेहरूमा सत्ता साझेदार दलहरू नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु छन् ।

अर्को सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले भने पहिलो चरणमै २ जनालाई शपथ खुवाउनुपर्ने बताएको थियो । तर, छलफल नभएको भन्दै मुख्यमन्त्री थापाले एकजनाको मात्रै नाम मागे । यसपछि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्वाइँसमेत रहेका जीवन आचार्यलाई शपथ खुवाउनु भनेका थिए । तर, कोशी प्रदेश समितिले आचार्यभन्दा दुर्गाप्रसाद चापागाईं ‘सिनियर’ भएको भन्दै नमानेपछि आचार्यको शपथ रोकिएको हो ।

यस्तै माओवादी केन्द्र संसदीय दलले पनि पहिल्यै मन्त्री भइसकेकालाई पुन: नदोहोर्‍याउने नीति लिएको एक सांसद बताउँछन् । “उहाँहरू दुवैजना मन्त्री भइसक्नुभएको हो,” ती सांसदले भने, “हामीले पहिल्यै मन्त्री भइसकेकालाई पुन: नदोहोर्‍याउने भनेका छौँ । यसैले शपथ रोकिएको हो ।”  माओवादी केन्द्रबाट मन्त्री हुनेको नाम शुक्रबार साँझसम्म टुङ्गिने ती सांसदको भनाइ छ ।

आन्तरिक सहमति नजुटेपछि माओवादी केन्द्र सरकारबाहिरै बसेको छ । आन्तरिकरूपमै कुरा नमिलेपछि मुख्यमन्त्रीसहित २ मन्त्रीको शपथ ग्रहण समारोहमा माओवादी केन्द्रका कोही उपस्थित भएनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved