एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, संसद अवरुद्ध

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पारेको छ ।

नेपालभ्युज

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, संसद अवरुद्ध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पारेको छ ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह धेरैपटक दिल्ली धाएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले संसद अवरुद्ध पारेको हो ।

एमालेले अवरोध गरेपछि संसद बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

एमालेको आजै बसेको संसदीय दल बैठकले प्रतिनिधिसभामा प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको थियो ।

संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे जवाफ मागेको छ ।

प्रधानमन्त्री दाहालले सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक(पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved