गैंडा मारेको अभियोगमा तीनजना पक्राउ

नेपालभ्युज

गैंडा मारेको अभियोगमा तीनजना पक्राउ

चितवन। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैंडा मारेको अभियोगमा तीनजना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुईजना फरार रहेका निकुञ्जले जनाएको छ ।

निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । निजहरूलाई वैशाख १२ गते पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–१८ धरमपुरका होमबहादुर विक, सोही ठाउँका कृष्णबहादुर महतो र शिखाराम थारू रहेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए । उनका अनुसार गैंडाको खाग खरिद-बिक्री कारोबार गर्दै गर्दा निजहरूलाई पकाउ गरिएको थियो ।

पक्राउ परेका तीनै जनाविरुद्ध डिभिजन वन कार्यालय, नवलपरासीले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा बरामद गैंडाको खाग चोरी-शिकारी गरेको स्थान चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले मुद्दा यहाँ सरेर आएको पुनले जानकारी दिए।

निकुञ्जका अनुसार निजहरूले विसं २०७९ माघ ६ गते राति सिद्धेश्वर मन्दिरबाट करेन्ट जोडेर विद्युतीय धरापमा पारी १४ वर्षको माउ र करिब चार वर्षको बच्चा मारेका थिए ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved