राजाको छोराको बिहेमा मुस्ताङमा गाउँपालिकाले दियो सार्वजनिक बिदा

नेपालभ्युज

राजाको छोराको बिहेमा मुस्ताङमा गाउँपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं। मुस्ताङ्गका पूर्व राजाका छोराको बिहेमा लोमन्थाङ गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। भोलि असार १८ गते सोमबार सार्वजनिक बिदा दिएको छ।

मुस्ताङ्गी राजाको छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको अध्यक्ष टसि न्हर्वु गुरुङले निकालेको विज्ञप्तिमा उल्लेख छ।

 

‘‘मुस्ताङ्गी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकोले सोमबार सार्वजनिक बिदा दिइएको छ,’’ अध्यक्ष गुरुङले निकालेको विज्ञप्तिमा उल्लेख छ।

पूर्व राजा जिग्मे परवल विष्टको २०७३ पुस १ गते निधन भएको थियो । त्यसपछि त्यहाँ झिग्मी सिङ्घी पलवर विष्ट सांस्कृतिक राजाका रुपमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved