नेकोस राष्ट्रिय तेक्वान्दोमा रिमा र खुश्बुलाई स्वर्ण

नेपालभ्युज

नेकोस राष्ट्रिय तेक्वान्दोमा रिमा र खुश्बुलाई स्वर्ण

काठमाडौं । कोटेश्वरकी रिमा खत्री र चन्द्रागिरीकी खुश्बु लिम्बूले पाँचौं नेकोस खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । राष्ट्रिय तेक्वान्दो संघको आयोजनामा शनिवारदेखि शुरु भएको प्रतियोगितामा रिमाले महिला ५२ केजीमा र खुश्बुले महिला ४६ केजी तौलसमूहमा स्वर्ण जितेका हुन् ।

कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङमा भएको महिला ५२ केजीको फाइनलमा रिमाले चन्द्रागिरीकी रचना कुमाललाई हराइन् । यो तौलसमूहमा नेपाल सेल्फ डिफेन्सकी स्वस्तिका खड्का र हेटौडाकी अनिषा विकले कांस्य पदक जिते ।

४६ केजी तौलसमूहमा स्वर्ण जितेकी खुश्बुले फाइनलमा युयुत्सुकी कृष्टिना बस्नेतलाई हराइन् । यस तौलसमूहमा नेसनल एकेडेमीकी सोफिया गुरुङ र लाथुम्कीकी परिधि अधिकारीले काँस्य पदकमा चित्त बुझाए । त्यसअघि दुईदिने प्रतियोगिताको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा नेपाल खेलकुद महासंघका इन्चार्ज कर्णबहादुर थापाले प्रतियोगिताका जुरी गणेश जिम्बा लामालाई तेक्वान्दो खेलसामाग्री हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।

आईतवारसम्म हुने प्रतियोगितामा ग्योरोगीमा २० र पुम्सेमा दुई गरी कुल २२ स्वर्ण पदकका लागि ३१ वटा डोजाङका ३७५ खेलाडीले प्रतिष्पर्धा गरिरहेको राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक हीराबहादुर थापाले जानकारी दिए ।

महिलाकै ४९ केजी तौलसमूहमा कोटेश्वरकी इसिका रानाले स्वर्ण जित्दा फाइनलमा सुसंस्कारकी श्रृजना तामाङलाई हराइन् । यो तौलसमूहमा जीवनताराकी सीता प्रसाईं र सरस्वतीकी मुस्कान शाहीले कांस्य पदक जिते ।

पुरुषको २५ केजी तौलसमूहमा सुनसरीका प्रजोल तामाङले फाइनलमा नेसनलका रोज तितुङलाई हराउँदै स्वर्ण जिते । हेटौंडाका अभिनत राना र मनोराम समाजका रेमन माझीले कांस्य पदकमा चित्त बुझाए । ३१ केजी तौलसमूहमा चन्द्रागिरीका समीर ठाकुरले स्वर्ण, कोटेश्वरका सुगम लामाले रजत तथा सिरुटारका इमोन थापा र मुलपानीका प्रशान्त धमलाले कांस्य पदक प्राप्त गरे ।

पुरुषकै ३४ केजी तौलमा मुलपानीका भिजन तामाङले स्वर्ण जित्दा फाइनलमा सिरुटारका सविन तामाङलाई हराए । यस तौलमा लालिगुराँसका सुशील मगर र अल्पाइनका राज खाँड ठकुरीले कांस्य पदक जिते । महिला २४ केजी तौल समूहमा हेटौडाकी सुरक्षा केसीले स्वर्ण जितिन् । उनले फाइनलमा दिव्यश्वरी डोजाङकी जेनिसा थापालाई हराइन् । यो तौलमा कृतिम डोजाङककी कञ्चन अधिकारी र र हेटौंडाकी इच्छा बिष्टले कांस्य पदक प्राप्त गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved