संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशन : नयाँ कार्यसमिति चयन

नेपालभ्युज

संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशन : नयाँ कार्यसमिति चयन

काठमाडौं। संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशन सम्पन्न भएको छ। अन्तरास्ट्रिय सम्मेलन केन्द्रको लोत्से हलमा सम्पन्न भएको अधिवेशनबाट दुई वर्षका लागि नयाँ कार्यसमिति चयन भएको छ।

१५ सदस्यीय कार्यसमिति मध्ये अधिवेशनबाट ११ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेहरूमा उपाध्यक्ष तर्फ खुलामा किरण दाहाल, महिलामा सिर्जना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा सविता शर्मा (समावेशी महिला), कोषाध्यक्षमा अमूल थापा छन् ।

यस्तै, सदस्यहरुमा राजु थापा, पुजन आचार्य (रोमन), कमलराज भट्ट, रघुनाथ बजगाई, विनोदकुमार कटुवाल (भिडिओ) र शिला तिम्सिना (फोटो)  रहेका छन्।

निर्वाचन भएको पद अध्यक्षमा मनोज सत्याल चुनिएका छन् । सचिवमा गुञ्जनराज गिरी, अन्जना लामिछाने र मीरा बस्नेत निर्वाचित भएका छन्।

अधिवेशनमा अध्यक्षमा ३ जना, सचिव खुलामा ४ जना र सदस्य समावेशीमा ४ जनाले प्रतिस्पर्धा गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved