चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य ९ करोड ८४ लाख पुगे

नेपालभ्युज

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य ९ करोड ८४ लाख पुगे

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का सदस्यहरू ९ करोड ८४ लाख पुगेका छन् । सन् २०२२ को अन्त्यसम्ममा पार्टीका सदस्यहरू करिब १० करोडको हारहारीमा पुगेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले शुक्रबार गरेको घोषणा अनुसार यसका सदस्य ९ करोड ८४ लाख पुगेको उल्लेख छ ।

जुलाई १ मा चिनिया कम्यनिष्ट पार्टीको १०२ औं स्थापना दिवसको पूर्व सन्ध्यामा सो जानकारी दिइएको हो ।

तथ्याङ्क अनुसार सन् २०२१ देखि यो संख्या लगभग १.३३ मिलियन अथवा १.४ प्रतिशतले बढेको पाइएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved