मनसुन सक्रिय भएसँगै ३० जिल्ला बाढीको जोखिममा, सावधानी अपनाउन आग्रह (सूचीसहित)

नेपालभ्युज

मनसुन सक्रिय भएसँगै ३० जिल्ला बाढीको जोखिममा, सावधानी अपनाउन आग्रह (सूचीसहित)
फाइल फोटो

काठमाडौं । पछिल्लो समय मनसुन सक्रिय भएसँगै देशका ३० जिल्ला बाढीको जोखिममा परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार र शनिबार धेरै वर्षा हुने अनुमान गर्दै बाढीको जोखिम बढेको बताएको हो ।

महाशाखाले नदीतटीय क्षेत्रका नागरिकलाई उच्च सावधानी अपनाउन पनि आग्रह गरेको छ । महाशाखाका अनुसार तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदी तथा केही स–सना सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्नेछ ।

महाशाखाका अनुसार बाढीको जोखिममा रहेका जिल्लाहरुः

रुपन्देही, कपिलवस्तु, पाल्पा, ईलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), स्याङजा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, सुनसरी, काभ्रेपलान्चोक, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, खोटाङ, गोरखा, लमजुङ, कास्की र पर्वत ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved