मध्यावधि चुनावमा जाने चेतावनी दिँदै मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

नेपालभ्युज

मध्यावधि चुनावमा जाने चेतावनी दिँदै मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

काठमडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत नदिए मध्यावधि चुनावमा जाने बताएका छन् ।

प्रदेशसभामा विश्वासको मत माग्दै उनले आफूलाई विश्वासको मत नदिए मध्यावधि चुनावमा जानुपर्ने बताएका हुन् ।

‘के मध्यावधि निर्वाचनमा जान हामी तयार छौं, यो प्रदेशसभा तयार छ, नेपालको संघीयता तयार छ ?’ भन्दै उनले प्रश्न पनि गरे ।

विश्वासको मतका लागि का्ेशीमा प्रदेशसभा बैठक जारी छ । यहाँ जसपा तटस्थ बस्ने भएको छ । एकजना सांसद रहेको जसपाले मुख्यमन्त्री हिक्मत कार्कीको पक्ष–विपक्षमा नै मत नहाल्ने निर्णय गरेको हो ।

बहुमतको लागि ५७ जना सांसद आवश्यक रहेकोमा मुख्यमन्त्री कार्कीको पक्षमा एमाले र राप्रपाका ४६ जना सांसद छन् । विपक्षी दलसँग पनि सभामुखबाहेक जम्मा ४६ सिट रहेको छ

कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, माओवादीको  (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved