प्रेम गीत ३ डिसहोममा प्रदर्शन हुँदै

नेपालभ्युज

प्रेम गीत ३ डिसहोममा प्रदर्शन हुँदै

काठमाडौं। नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” डिसहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको छ ।

विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिसहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्ने कम्पनीले जनाएको छ ।

“प्रेम गीत ३” यहि असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राति १० वजे प्रदर्शन हुनेछ । यस्तै डिसहोमको एक्सभिओडीमा मा पनि यो चलचित्र उपलब्ध हुनेछ । यो चलचित्र उपलब्ध भएपछि आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ ।

डिसहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफूले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरूको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved