फिल्म ‘परस्त्री’को हिन्दी संस्करण नेपालमा रिलिज नहुने

नेपालभ्युज

फिल्म ‘परस्त्री’को हिन्दी संस्करण नेपालमा रिलिज नहुने

काठमाडौं। चलचित्र ‘परस्त्री’ को हिन्दी संस्करण नेपालमा रिलिज नहुने भएको छ । निर्देशक सुरज पाण्डेले हिन्दी संस्करण भारतमा मात्र प्रदर्शन हुने जानकारी दिएका छन् ।

नेपाली र हिन्दी दुवै भाषामा निर्मित फिल्म ‘परस्त्री’ हिन्दी र नेपाली दुवै भाषामा रिलिज हुने बताइए पनि अहिले आएर निर्माण युनिटले नेपालमा हिन्दी रिलिज नहुने जानकारी दिएको हो।

फिल्मको हिन्दी रिलिजका लागि मुम्बईमा रहेका निर्देशक पाण्डेले फेसबुकमा लेखेका छन्, ‘हामीले निर्माण गरेको नेपाली र हिन्दी भाषाको चलचित्र ‘परस्त्री’ यही असार १५ गतेदेखि नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने कुरा हाम्रा दर्शकहरूलाई जानकारी गराउन चाहन्छु । साथै हिन्दी भाषामा रहेको ‘परस्त्री’को संस्करण भारतमा मात्रै प्रदर्शन हुनेछ भने नेपाली भाषामा रहेको ‘परस्त्री’ नेपालमा प्रदर्शन हुनेछ ।’

फिल्ममा शिल्पा मास्के, गौरव विष्ट, कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय छ ।

शर्मिला पाण्डे र दीपेन्द्र के खनाल निर्माता रहेको फिल्मलाई निरज कँडेलले खिचेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved