ललिता निवास प्रकरण

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ

पक्राउ पर्नेको संख्या सात पुग्यो

नेपालभ्युज

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ
फाइल फोटो

काठमाडौं । ललिता निवास प्रकरणको अनुसन्धान फेरि सुरु गरेको प्रहरीले धमाधम अभियुक्त पक्राउ गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ ।

शाहलाई काठमाडौंबाटै पक्राउ गरिएको सीआइबी स्रोतले जानकारी दिएको छ । सुधीरकुमारले पत्नी उर्मिला शाहको नाममा ललिता निवासको एक रोपनी ११ आना जग्गा लिएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।

शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए । त्यसअघि उनी मालपोत कार्यालयमा शाखा अधिकृत थिए । उनले गृह मन्त्रालयको सहसचिवबाट अवकाश पाएका थिए ।

मालपोतमा हुँदा  उनले ललिता निवासको जग्गा हत्याउने क्रममा पर्दा पछाडिबाट सहयोग गरेको र त्यसबापत जग्गा सित्तैमा लिएको पाइएको अनुसन्धानमा संलग्न अधिकारीले जनाएका छन् ।

यसअघि भाटभटेनीका संचालक मीनबहादुर गुरुङसहित ६ जनालाई पक्राउ गरेको थियो । शाह भन्दा अगाडी मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यो प्रकरणमा पक्राउ पर्नेको संख्या सात पुगेको छ । ललिता निवासको जग्गा व्यक्तिको नाममा बनाउन ठूलो चलखेल भएको समाचार प्रकाशित भए पनि राजनीतिक दबाबमा यो मुद्दा सामसुम पारिएको थियो ।

ललिता निवास प्रकरण : मीनबहादुरसहित ५ जना पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved