ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनकै निवास नक्सालबाट पक्राउ गरेको हो ।

नेपालभ्युज

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ

काठमाडौं। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनकै निवास नक्सालबाट पक्राउ गरेको हो ।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनीमाथि पनि आरोप लागेको थियो । त्यसपछि उनी प्रहरीको फरार सूचीमा रहेका थिए ।

उक्त प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरे आदि सबै मुछिएका छन् ।

२०७७ सालमा विशेष अदालतले व्यवसायी गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरे पनि उनी मुद्दा दायर भएको एक वर्षपछि मात्रै अदालतमा उपस्थित भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved