सामान्य अंकले बढ्यो नेप्से, सवा ५ अर्बमाथिको कारोबार

नेपालभ्युज

 सामान्य अंकले बढ्यो नेप्से, सवा ५ अर्बमाथिको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं। सोमबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। साताको दोस्रो कारोबारको दिन आज ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ ।

सोमबार  २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार कित्ता सेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँमा कारोबारमा भएको छ ।

आज नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा जलविद्युत, जीवन बिमा, निर्जीवन, अन्य र व्यापार उपसमूहको परिसूचकमा गिरावट आएको छ ।

यता, माइक्रोफाइनान्स उपसमूहको परिसूचक सबैभन्दा बढी ३.९९ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ३.११ प्रतिशतले बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved