समाजवादी मोर्चाले देउवा खुसी भएको माधव नेपालको दाबी

नेपालभ्युज

समाजवादी मोर्चाले देउवा खुसी भएको माधव नेपालको दाबी
फाइल फोटो

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा गठनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको दाबी गरेका छन् । रौतहटको  गौर नगरपालिकाको आइतबार सुरु भएको १२ औं नगर अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

देउवा  मोर्चा गठनले दु:खी  भनेर गरिएको प्रचारमा  सत्यता नभएको बताउँदै अध्यक्ष नेपालले भने, ‘मलाई कांग्रेस सभापति देउवाजीले भेटेर समाजवादी मोर्चा गठन गरेको सुनेर म अत्यन्त खुसी भएँ भनेर प्रतिक्रिया दिनु भयो ।’

समाजवादी मोर्चा गठनले केही व्यक्तिको होस हवास नै उडेको बताएका उनले भने,  ‘बाहिर मिडियामा झुठो प्रचार गरियो । सिँगापुर पुगेर देउवाले मोर्चा गठनको विरोध गरे भनेर प्रचार गरियो । यो सरासर गलत हो ।’

स्थानीय तहले गरेको विकास निर्माणको काममा हुने अनियमितताको निगरानी गर्न स्थानीयलाई अनुरोध गर्दे उनले भने ‘विकासको नाममा भ्रष्टाचार हुन सक्छ तपाइँहरू निगरानी गर्नुस् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved