साँझमा सजिएकी ‘पहाडकी रानी’ (फोटो फिचर)

मुग्लिङ-पोखरा सडकखण्डको डुम्रे बजारबाट करिब ९ किमी दक्षिण-पश्चिममा रहेको बन्दीपुर बजार नेपालकै पुरानो नेवार बस्ती भएको शहर मध्ये एक हो ।

साँझमा सजिएकी ‘पहाडकी रानी’ (फोटो फिचर)

तनहुँ । ‘पहाडकी रानी’ नामले परिचित तनहुँ जिल्लाको पुरानो सदरमुकाम बन्दीपुर समुन्द्री सतहबाट १०३० मिटर उचाइमा रहेको छ।

मुग्लिङ-पोखरा सडकखण्डको डुम्रे बजारबाट करिब ९ किमी दक्षिण-पश्चिममा रहेको बन्दीपुर बजार नेपालकै पुरानो नेवार बस्ती भएको शहर मध्ये एक हो ।

परम्परागत नेवारी वास्तुकला जोगाइराखेका घरहरू, स्थानीय स्लेट ढुङ्गा छापिएको बाटो, नेवार, मगर, गुरुङ अनि विभिन्न जातजातीको जिउँदो जातीय संग्रहालय पनि हो बन्दीपुर।

यहाँबाट मौसम खुलेको बेला मनै लोभ्याउने सूर्योदय र सूर्यास्त अनि फराकिला हिमशृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ।

यी अद्भुत अनुभव संगाल्न पुग्नै पर्ने ठाउँ हो बन्दिपुर। यहाँ पर्यटकका लागि सुविधासम्पन्न होटेलहरूका साथै १५ वटा सामुदायिक होम स्टे समेत संचालनमा रहेका छन् ।

साँझको समयमा बन्दीपुर बजारमा कैद गरिएका तस्वीरहरु:

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved