भैरहवामा पीडितहरूको उजुरीपछि मिटरब्याजीको घरमा विप्लव समूहको घेराउ

नेपालभ्युज

भैरहवामा पीडितहरूको उजुरीपछि मिटरब्याजीको घरमा विप्लव समूहको घेराउ

बुटवल। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले भैरहवामा एक मिटरब्याजीको घरमा घेराउ गरेका छन् ।  उनीहरूले पीडितहरूको आग्रहमा मिटरब्याजी  रमानन्द बानियाँको घर घेराउ गरेका हुन् ।

सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी बानियाँको घर मिटरब्याजी पीडितहरूको आग्रहमा नियन्त्रणमा लिइएको नेकपाले दाबी गरेको छ । पीडित ऋणीको उपस्थितिमा नेकपाले शनिबार भैरहवास्थित मिलन चोक र बुद्धचोकमा रहेको बानियाँको घर घेराउ गरेको विप्लव समूहका जिल्ला एक नेताले बताए ।

बानियाँले मिटरब्याज ठगी गरेको भन्दै ६२ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए पनि प्रशासनले बेवास्ता गरेपछि ऋणीहरूले विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी दिएका थिए ।

प्रहरीले बानियाँविरुद्ध मिटर ब्याज पीडितहरूको उजुरी परेको र अनुसन्धान भइरहेको बताउँदै आएको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved