‘आदिपुरुष’ निर्देशकलाई ज्यान मार्ने धम्की, सुरक्षा दिन चार हवल्दार र एक हतियारधारी प्रहरी खटाइयो

लेखक तथा गीतकार मनोज मुन्ताशिरदेखि निर्देशक ओम राउत विवादमा मुछिएपछि ज्यान मार्ने धम्की आएको भारतीय मिडियाहरूले बताएका छन्। धम्कीपछि राउतको कार्यालयमा चार जना हवल्दार र एक हतियारधारी प्रहरी खटाइएको छ।

नेपालभ्युज

‘आदिपुरुष’ निर्देशकलाई ज्यान मार्ने धम्की, सुरक्षा दिन चार हवल्दार र एक हतियारधारी प्रहरी खटाइयो

काठमाडौं। विवादित भारतीय फिल्म ‘आदिपुरुष’ का निर्देशक ओम राउतले धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै ज्यान मार्ने धम्की आएपछि प्रहरीले सुरक्षा दिएको छ। लेखक तथा गीतकार मनोज मुन्ताशिरदेखि निर्देशक ओम राउत विवादमा मुछिएपछि ज्यान मार्ने धम्की आएको भारतीय मिडियाहरूले बताएका छन्।

धम्कीपछि राउतको कार्यालयमा चार जना हवल्दार र एक हतियारधारी प्रहरी खटाइएको छ। ‘आदिपुरुष’मा प्रभासले भगवान् राम, कृति सेनोनले सीता माता, सन्नी सिंहले लक्ष्मण, देवगत नागेले हनुमानजी र सैफअली खानले रावणको भूमिका निर्वाह गरेका छन्। जुन १६ मा रिलिज भएको ‘आदिपुरुष’ ठुलो बजेटको भारी भीएफएक्स फिल्म हो।

जसलाई दर्शकले भारतमा ठाडै अस्वीकार गरेका छन्। फिल्मको पहिरनदेखि अभिनय, निर्देशन र विशेष गरी संवादलाई लिएर दर्शकले आपत्ति जनाएका छन्। नेपालमा पनि उत्तिकै विवादित छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved