हल मालिकले टेरेनन् बालेनलाई, चलाइयो हिन्दी फिल्म

नयाँ फिल्म नभएपछि अदालतको आदेशलाई कार्यान्वयन गर्नको लागि सांकेतिकस्वरुप पुरानै फिल्मलाई पुनः रिलिज गरिएको चलचित्र संघले जनाएको छ।

नेपालभ्युज

हल मालिकले टेरेनन् बालेनलाई, चलाइयो हिन्दी फिल्म

काठमाडौं। अदालतको आदेश नमान्ने काठमाडौंको मेयर बालेन साहले चेतावनी दिएपनि हलहरुमा हिन्दी फिल्म प्रदर्शनमा आएको छ। भारतीय फिल्मको प्रदर्शनलाई रोक नलगाउन पाटन उच्च अदालतले बिहीबार काठमाडौं महानगरलाई अल्पकालिन अन्तरिम आदेश दिएसँगै हल संचालकले फिल्म चलाएका हुन्।

यसअघि प्रदर्शन भैसकेको ‘जरा हट्के जरा बचके’लाई पुनः रिलिज गरेका हुन्। यो फिल्म अघिल्लो साता प्रदर्शनमा आएको थियो। तर काठमाडौंं महानगरले बन्द गराएपछि फिल्म चल्न रोकिएको थियो।

नयाँ फिल्म नभएपछि अदालतको आदेशलाई कार्यान्वयन गर्नको लागि सांकेतिकस्वरुप पुरानै फिल्मलाई पुनः रिलिज गरिएको चलचित्र संघले जनाएको छ।

अदालतको आदेशपछि बिहीवार बेलुका बसेको संघको बैठकले भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको छ।
अदालतले सेन्सर पास भैसकेका फिल्मलाई समेत रोक नलगाउने आदेश दिएसँगै ‘आदिपुरुष’को प्रदर्शनको लागि पनि बाटो खुलेको छ। तर, वितरक ब्यांकटेस इन्टरटेनमेन्टले यसबारे कुनै निर्णय नभैसकेको बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved