हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

नेपालभ्युज

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश
उच्च अदालत पाटन

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको संयुक्त इजलासले बुधबार उक्त शैक्षिक मेला नरोक्न आदेश जारी गरेको उच्च अदालत पाटनका प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले  जानकारी दिईन् ।

गत जेठ ३२ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको उक्त शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले विभिन्न कारण देखाउँदै बन्द गराएको थियो । त्यसका विरुद्धमा उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) ले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved