कोशी प्रदेशको नीति तथा कार्यक्रम : सभ्य नागरिक उत्पादन गर्ने (पूर्णपाठ)

नेपालभ्युज

कोशी प्रदेशको नीति तथा कार्यक्रम : सभ्य नागरिक उत्पादन गर्ने (पूर्णपाठ)

विराटनगर । कोशी प्रदेशले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार सरकारका तर्फबाट प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेशले सभ्य नागरिक उत्पादनका लागि ‘म अघि बढ्छु’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । नीति तथा कार्यक्रमको ३१ नं. बुँदामा भनिएको छ, “सुरक्षा निकाय, स्थानीय तह र गैरसरकारी निकायको सहभागितामा लागूऔषध, मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रण गरिनेछ । असल नागरिक र सक्षम समाज निर्माण गर्ने कार्यका लागि लागूऔषध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्दै सबल, सुसंस्कृत र सभ्य नागरिक उत्पादन गर्न माध्यमिक विद्यालयहरुमा ‘म अघि बढछु’ कार्यक्रम सञ्चालन गरिनेछ ।”

यस्तै सरकारले ‘एक स्थानीय तह, एक उत्पादन’ कार्यक्रम लाई व्यवस्थित गर्दै लाने भएको छ । “उन्नत जातका गाई, भैंसी, बाख्रा, बंगुरको श्रोतकेन्द्र विकासका कार्यक्रमहरूलाई निरन्तरता दिँदै उच्च उत्पादन दिने पशुहरुको विकास गरी प्रदेशमा नै उन्नत नश्लका पशुहरूको व्यवस्था गरिनेछ । बजार तथा भौगोलिक सम्भव्यताका आधारमा स्थानीय तहहरूको सहकार्यमा गाईभैंसी, बाख्रा, बंगुर, चौंरी, भेडा तथा मत्स्यपालन कार्यक्रम प्रवर्द्धन गरिनेछ,” नीति तथा कार्यक्रमको ६५ नं. बुँदा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved